२५२० मतगणना हुँदा गगनले पाए १६४८ मत, विश्वप्रकाशले प्राप्त गरे १०१९
बिहीबार, ०१ पुस २०७८, १३ : ३४
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २५२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १६४८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन् भने प्रदिप पौडेलले ७४६ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै प्रकाशशरण महतले ८२७ र मीनेन्द्र रिजालले ४३६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ६४ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातिको खानाले तपाईँको तौल त बढाइरहेको छैन ?
-
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
-
संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन् : अध्यक्ष नेपाल
-
६३ वटा विधेयक सरकारको पहिलो प्राथमिकतामा (सूचीसहित)
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा पेशी
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून