मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्रीका पराजित उम्मेदवार प्रदीप पनि गगन–विश्वप्रकाशले जित्दा खुशी !

मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छः पौडेल
बिहीबार, ०१ पुस २०७८, १५ : ४५
बिहीबार, ०१ पुस २०७८

काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले गगन र विश्वप्रकाशले जित्दा आफू खुशी नै भएको बताए । 

‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’

उनले काँग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रुपान्तरण पनि गर्न जरुरी रहेको बताए । ‘काँग्रेसमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण पनि गर्नुपर्छ । उहाँहरुलाई मेरो साथ सहयोग रहन्छ’, पौडेलले भने । 
पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप