मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्री उमाकान्त चौधरी काँग्रेस सहमहामन्त्रीमा विजयी

शुक्रबार, ०२ पुस २०७८, १७ : २७
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । 

उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप