
धुर्कोटमा विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रम सुरु

धुर्कोट गाउँपालिकाले त्यहाँको एक विद्यालयमा विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नम्बर ४ जैसिथोक स्थित पञ्चायन मावि बालीविज्ञान तर्फ कक्षा ११ र १२ का ५५ जना विद्यार्थीहरूलाई लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको हो । ५५ जना विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सँगै व्यवहारिक ज्ञान र पढाई खर्चका लागि यस्तो कार्यक्रम ल्याइएको त्यस गाउँपालिका कृषि शाखा प्रमुख अञ्जली गौतमले बताइन् । उनका अनुसार व्यावसायिक तरकारी खेती उत्पादनका लागि ती विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण समेत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान लिने तर व्यवहारमा काम नगर्ने भएकोले विद्यालयबाटै काम गर्ने बानी पारि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताए । उनका अनुसार ती विद्यार्थीहरूलाई तीन लाख मूल्य बराबरको प्लास्टिक टनेल वितरण गरिएको छ र अन्य आवश्यक कृषि सामग्री पनि वितरण गरिने छ । क्रमशः अन्य विद्यालयहरूमा पनि पढ्दै सिक्दै कार्यक्रम लागु गरिँदै लगिने प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीको भनाई छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ