शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेललाई पहिलो तीन अंक

शनिबार, ०३ पुस २०७८, १५ : ५३
शनिबार, ०३ पुस २०७८

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले हराएको हो ।

३८औँ मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए । लिगको पाँचौँ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १–० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।

जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ । यता, पोखरामा मनाङ र पुलिसबिच खेल भैइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप