अपडेट : काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा शशांक पहिलो, हर्ष बम अन्तिम
शनिबार, ०३ पुस २०७८, १९ : ०६
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा शशांक कोइरालाले ८१४ मत प्राप्त गरेका छन् ।
उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीन वटै प्यानलमा थिए । ६३१ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन्। शंकर भण्डारीले ५९८ मत पाएका छन् भने बालकृष्ण खाण र रमेश लेखकले ५९६ मत पाएका छन् । ९८८ मत गन्दा हर्षबहादुर बमले २४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय
-
तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल