शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

आइतबार, ०४ पुस २०७८, १० : ४५
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप