मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् टप टेन मत ल्याउने काँग्रेस खुला सदस्यका उम्मेदवार

आइतबार, ०४ पुस २०७८, १६ : ३४
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २९९३ मतगणना सकिँदा डा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् ।  पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले २४४२ मत पाएका हुन् । यस्तै एनपी साउद दोस्रो, बालकृष्ण खाँण तेस्रो, उदयशमशेर राणा चौथो तथा रमेश लेखक पाचौँ स्थानमा रहेका छन् । 

यस्तै शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी र जीपछिरिङ लामाले क्रमशः छैटौं, सातौँ, आठौँ, नवौँ र दशौँ सर्वाधिक मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप