शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै ३००० मत गन्दा यी अन्तिम ३५ मा गणेश लामादेखि अजय शिवाकोटीसम्म

आइतबार, ०४ पुस २०७८, १६ : ४४
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी रहेको छ । झण्डै ३ हजार (२९९३) मतगणना हुँदा विवादित पृष्ठभूमिका गणेश लामादेखि पत्रकारिताबाट राजनीतितिर लागेका अजयबाबु शिवाकोटीसम्म अन्तिम ३५ मा अटाएका छन् । यस्तै निर्माण व्यवसायी जीपछिरिङ लामा र मोहन आचार्य पनि अन्तिम ३५ मा अटाएका छन् । 

निर्वाचन समितिकाअनुसार शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रमेश लेखक, शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, जीपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा.रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्म नारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, गणेश लामा, अजयबाबु शिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी, गोपाल दहित र किष्ण किशोर घिमिरे अन्तिम ३५ मा अटाएका छन् । 
सूची हेर्नुहोस्ः

-यसअघि समाचारमा ३००० मत हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप