शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारलाई यसरी चुनौति बन्दैछ सामाजिक सञ्जाल

शनिबार, २५ कात्तिक २०७४, ११ : ०३
शनिबार, २५ कात्तिक २०७४

काठमाडौं–काठमाडौं क्षेत्र नम्बर ४ यतिबेला दुई कारणले चर्चामा छ । पहिलो – युवा पुस्ताका दुई प्रभावशाली उम्मेदवार चुनावी मैदानमा छन् । दोश्रो –चुनावी प्रचार क्रममा सामाजिक सञ्जाल तथा केहि अनलाइनहरुमा गगन थापाको विरुद्धमा भएको गलत र  थापाको आपत्ती ।

गत शनिवारदेखि चुनावी अभियान शुरु गरेका थापाले आफ्नो चुनावी कार्यक्रममा दुष्प्रचार र भ्रामक समाचारहरुका फेहरिस्त सुनाए । चुनाव लागेपछि उनि विरुद्ध प्रकाशित हुने भ्रामक समाचारहरुका केहि शीर्षक यस्ता थिए  । 

–मैले जितेको दुई महिनामा काठमाडौं विश्वको नमुना बनाउन सकिन भने राजनीति छाडिदिन्छु –गगन थापा 


–‘‘आशालाग्दो युवा नेता गगन थापाले १४ करोड कृषि अनुदान खाएपछि’’
–गरिवलाई औषधी किन्न छुट्याइएको करोडौं रुपयाँबाट जिम हाउस खोल्दै गगन थापा
–निर्वाचन अगावै बुथ बुथमा पैसा बाड्दै गगन थापा 

माथिका यी ४ हेटलाइन सनसनीपूर्ण भएपनि  सत्य थिएनन् । तरपनि समाजिक सञ्जालको दुरुपयोग गर्दै थापाविरुद्ध प्रचार गरिएका थिए । 
सामाजिक सञ्जाललाई दुरुपयोग गरि प्रतिस्पर्धी दलको उम्मेदवार विरुद्ध हमला गर्ने परम्परा बढ्दै गएको छ । 

नेपाली कांग्रेसले वामपन्थीहरुले भ्रम र प्रपोगाण्डा फैलाउने आरोप लगाएको छ । प्रचार प्रसारका लागि शसक्त माध्यमका रुपमा प्रयोग हुने सामाजिक सञ्जालले दलहरुलाई लाभ र हानि दुवै पु–याएको छ । सामाजिक सञ्जालमा तथ्यलाई भन्दा आधारहिन तथा सनसनी फैलाउने समाचारमा  प्रयोगकर्ताको  ध्यान  बढ्दै गएको छ । ति समाचारहरुको शेयर  पनि बढि हुने गरेको छ ।

शेयर बढेको आधारहिन समाचारले चुनावी नतिजालाई प्रभाव पार्ने उम्मेदवारहरुको बुझाई छ । सञ्जालमा फैलिएका गलत अफवाहहरुले परिणाम तथा व्यक्तिगत जिवनमा असर गर्ने भएकोले उम्मेदवारहरुलाई सामाजिक सञ्जाल समस्या हुँदै गएको छ । अर्नगल प्रचार गर्न , कसैलाई रोक्न तथा कसैको पक्षमा प्रयोग हुन पनि सञ्जालको व्यापक प्रयोग भएको छ । 

जानअन्जान प्रतिस्पर्धी  उम्मेदवारले  विगतमा  गरेका गल्तीहरु उत्खनन गर्ने परिपाटीको विकास हुँदै गएको छ । कार्यकाल अवधिमा  सुधारका कामहरु गरेको भएपनि  प्रतिस्पर्धीहरुले लगायको आरोपले सामाजिक सञ्जालमा व्यापकता पाउने  अवस्था छ । जसको कारण व्यक्तिलाई नमेटिने दाग लाग्न सक्छ । 
बाटो, पानी ,स्वास्थ्य तथा शिक्षा लगायतका विषयमा चुनावी एजेण्डा उठ्नु स्वभाविक हो । तर ,समस्याहरुलाई देखाएर तथ्यहिन आंकडाहरु प्रस्तुत गरिने नाजायज तरिकाहरु अवलम्बन पनि गरिएको पाईन्छ । 

तथ्यहिन समाचारलाई प्रतिस्पर्धी दलले उकासिरहेको गगनको ठम्याई छ । सोहि स्थानका उनका प्रतिस्पर्धी एमाले नेता राजन भट्टराईले थापालाई झुठो आरोप नलगाएको वताए । सर्वसाधारणका  बाटो ,खानेपानी ,ट्राफिक जाम लगायतका आधारभुत मागहरु छन् । ति मागहरु सम्वोधन भएन भन्दा गलत आरोप हुन्छ भने ति विषय उठाउन नछोड्ने वताए । भट्टराईले गगनसँग स्वच्छ प्रतिस्पर्धी हुने  बताँउदै निराधार आरोप नलगाएको प्रष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप