
अब १४ औं महाधिवेशनका १४ एजेण्डा कार्यान्वयन गर्नतिर लाग्छु : नैनसिंह महर

नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले १४ औँ महाधिवेशन सम्पन्न भएपश्चात सशक्त काँग्रेस, बहुमतको सरकार र समृद्ध देशको यात्रा अघि बढेको बताएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर विजय भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले १४ औं महाधिवेशनका १४ एजेण्डा कार्यान्वयन गर्न अब अगाडि बढ्ने बताए ।
उनले क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि समक्ष १४ औं महाधिवेशनका १४ एजेण्डा पेश गरेकाले आफू विजय भएको भन्दै अबको यात्रा एजेण्डा कार्यान्वयनतर्फ हुने बताए । विगत ५ बर्षको अवधिमा जस्तै काँग्रेसमा भागबण्डा हुन नदिई विधानसम्मत पार्टीलाई गतिशील पार्न आफ्नो भूमिका रहने महरको भनाइ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ