काँग्रेसको केन्द्रीय सदस्य हार्ने चर्चित अनुहार
नेपाली काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनको खुला केन्द्रीय सदस्यमा पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् ।
यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् । बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकेश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पराजित भएका थिए ।
विद्यार्थी राजनीतिबाट आएका अधिकांश उम्मेदवारले चुनाव जित्दा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र पूर्वउपाध्यक्ष क्षितिज भण्डारी पराजित भए । पूर्वमन्त्री यज्ञबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पूर्वसांसदहरू तारिणीदत्त चटौत, मोहनप्रसाद बराल र शारदा पौडेल पनि पराजित भए ।
निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका मंगलप्रसाद थारू, टीएन योगी, सुधीरकुमार शिवाकोटी र शम्भुलाल श्रेष्ठ, हरिप्रसाद नेपाल चुनिन सकेनन् । पूर्वमन्त्री सुरेन्द्र हमाल पनि पराजित भए ।
यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, नेविसंघका महामन्त्री दिपक भट्टराई, मुकेश काफ्ले र शंकर तिवारी पराजित भएका छन् ।
३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना दौडमा थिए । शशांक कोइरादेखि कृष्णकिशोर घिमिरेसम्म केन्द्रीय सदस्य बन्न सफल भएका छन् । बाँकी ६४ जना पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
-
संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन् : अध्यक्ष नेपाल
-
६३ वटा विधेयक सरकारको पहिलो प्राथमिकतामा (सूचीसहित)
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा पेशी
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा