आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पनामा पेपर्स मामिलामा ऐश्वर्यासँग सोधपुछ सुरु, ससुरा अमिताभ बच्चन पनि अनुसन्धानको दायरामा

सोमबार, ०५ पुस २०७८, १७ : २५
सोमबार, ०५ पुस २०७८

संसारभरी चर्चित पनामा पेपर्स मामिलामा बच्चन परिवारको मुश्किल बढेको छ । सोमबार नायिका ऐश्वर्या राय दिल्लीको लोकनायक भवनमा प्रर्वतन निर्देशनालय (इडी) को सामू पेश हुन पुगेकी छिन् । स्रोतका अनुसार इडीका अधिकारी ऐश्वर्याका लागि प्रश्नका सूची तयार पारिसकेका छन् ।

वास्तवमा पनामा पेपर्स मामिलामा भारतका करिब ५ सय जना व्यक्ति समावेश भएको कुरा सार्वजनिक भएको छ । यसमा नेता, अभिनेता, खेलाडी, व्यापारीलगायत हरेक वर्गका प्रमुख व्यक्तित्वको नाम छ । यी व्यक्तिमा कर छलीको आरोप छ जसका कारण सम्बन्धित विभाग अनुसन्धानमा जुटेको छ ।

एक महिना अघि अभिषेक बच्चन पनि अनुसन्धानमा समावेश भइसकेका छन्ः

पनामा पेपर्स मामिलामा लामो समयदेखि अनुसन्धान चलिरहेको छ । इडीका अधिकारी देशका थुप्रै ठूला हस्तीलाई अनुसन्धानमा समावेश गराइसकेको छ । यसै सन्दर्भमा एक महिना अघि अभिषेक बच्चन पनि इडी कार्यालय पुगेका थिए । उनले केही दस्तावेज पनि इडी अधिकारीलाई सुम्पिएका थिए । इडी स्रोतलाई विश्वास गर्ने हो भने यो मामिलामा उनका पिता अमिताभ बच्चनलाई पनि इडीले नोटिस दिएर बोलाउने तयारीमा छ ।

बच्चन परिवारको नाम किन ?

सन् २०१६ मा बेलायतमा पनामाको ल फर्मकामे १.१५ करोड ट्याक्स डकुमेन्ट लिक भएको थियो । यसमा संसारभरीका ठूला नेता, व्यवसायी र ठूला हस्तीको नाम पनि सार्वजनिक भएको थियो । भारतको कुरा गर्ने हो भने करिब ५ सय जनाको नाम सार्वजनिक भएको थियो । यसमा बच्चन परिवारको नाम पनि समावेश छ ।

एक रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीका निर्देशक बनाइएको थियो । यीमध्ये तीन बहामासमा थिए जबकी एक वर्जिन आइल्याण्डमा । यसलाई सन् १९९३ मा बनाइएको थियो ।  यी कम्पनीको पुँजी ५ हजारदेखि ५० हजार डलरबीच थियो तर यी कम्पनी ती जहाजको कारोबार गरिरहेको थियो जसको मूल्य करोडौंमा थियो ।

ऐश्वर्यालाई सुरुमा एक कम्पनीका निर्देशक बनाइएको थियो । पछि उनलाई कम्पनीको सेयर होल्डर घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको हेडक्वार्टर्स वर्जिन आइल्याण्ड्समा थियो । ऐश्वर्याबाहेक उनका पिता के. राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका पार्टनर थिए । यो कम्पनी सन् २००५ मा बनाइएको थियो । तीन वर्षपछि अर्थात् सन् २००८ मा कम्पनी बन्द भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप