कति छ गोविन्दाको कुल सम्पत्ति ?
बलिउडमा ९० को दशकका ‘डान्स किङ’ भनिने गोविन्दाको आज जन्मदिन हो । गोविन्दालाई फिल्मी उद्योगमा ‘राजा बाबु’ भनिन्छ । आफ्नो अभिनय र डान्सको आडमा गोविन्दाले यो उद्योगमा आफ्नो फरक खालको पहिचान बनाएका छन् ।
कमेडी फिल्म देखि थ्रिलर र एक्सन फिल्मसम्म गोविन्दा सबै किसिमको भूूमिकामा देखिएका छन् । गोविन्दाले थुप्रै किसिमका सुपरहिट फिल्ममा अभिनय गरेका छन् ।
तर पछिल्लो समय भने उनी फिल्ममा थोरै मात्र देखिएका छन् । तर पनि उनको फ्यान फलोइङ आज पनि उस्तै छ । गोविन्दाको डान्स गर्ने तरिका आज पनि धेरैले नक्कल गर्दै आएका छन् । फिल्मबाट पर भएपछि गोविन्दाको लाइफ स्टाइल ‘राजा बाबु’ को जस्तै छ । गोविन्दाले फिल्ममा नखेले पनि उनको वार्षिक आम्दानी करोडौँमा हुन्छ । गोविन्दा आज पनि बलिउडका सबैभन्दा धनी अभिनेता मध्येका एक हुन् । आउनुहोस् गोविन्दाको कुल सम्पत्ति, कमाइ, घर र कार संकलनको बारेमा केही जानकारी लिऔं ।
गोविन्दाको कुल सम्पत्ति
भारतीय सञ्चार मीडिया रिपोर्टका अनुसार एक समयमा गोविन्दा फिल्मका लागि सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार मध्येका एक थिए । गोविन्दाको कुल सम्पत्ति १ अर्ब ५१ करोड भारु भन्दा बढी छ ।
गोविन्दाको कमाई
हाल गोविन्दा फिल्ममा बिरलै देखिन थालेका छन् । यसका बावजुद पनि उनको वार्षिक कमाई करोडौमा छ । ब्रान्ड विज्ञापनको माध्यमबाट गोविन्दा राम्रै रकम कमाउँदै आएका छन् । यसबाहेक गोविन्दाको कमाई रियल स्टेटबाट पनि हुने गरेको छ । मीडिया रिपोर्टका अनुसार गोविन्दा वर्षेनी १६ करोड रुपैयाँ कमाउँछन् ।
गोविन्दाको आलिसान घर
गोविन्दाको घर पनि कम आलिसान छैन । मीडिया रिपोर्टका अनुसार गोविन्दाका तीनवटक आलिसान बंगला छन् । जसको मूल्य करोडौँमा छ । गोविन्दा आफ्नो परिवारसँग मुम्बईमा बस्दै आएका छन् । यसका साथै उनको एउटा बंगला ‘मड आइल्यान्ड’ मा पनि छ ।
गोविन्दासँग करोडौँको विलासी कार पनि छन् । उनको कार संकलनमा मर्सिडिज बेन्ज, अउडी जस्ता कारहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
