कतार सरकारबाट न्यूनतम ज्यालामा बृद्धि
कतारी श्रम मन्त्रालयको रिपोर्टअनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । यसले न्यूनतम ज्यालामा बृद्धि भए यता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले बढोत्तरी भएको छ ।
खाना बस्न राम्रो व्यवस्था भएमा कम्पनीले मासिक एक हजार तलव दिने, नभए १८ सय तलव दिनैपर्ने व्यवस्था लागू भएको छ । कतारको श्रम मन्त्रालयको एक रिपोर्टअनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउन थालेका छन् ।
कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टलसमेत तयार पारेको थियो । अनलाइनमार्फत् २ लाख ४२ हजार ८ सय ७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए । कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।
कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । त्यहाँ झन्डै ४ लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण