ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी
सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम चर्चामा छ । सुकेशले ज्याकलिनमाथि करोडौँ रुपैयाँ खर्च गरेका छन् । अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ । सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौँको उपहार दिएकाले अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पत्ति जफत गर्ने तयारी गरिरहेको छ ।
ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए । सुकेशले अर्की अभिनेता नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ ।
डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन् । उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन् । इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन् । यसबाहेक १५ लाख रुपैयाँ उनको भाइको एकाउन्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण