शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

मङ्गलबार, १३ पुस २०७८, ०८ : ३४
मङ्गलबार, १३ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । 

बन्द सत्रमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट निर्माण गरिएको २५ समूहमा प्रतिवेदनमाथि छलफलका हुन लागेको हो । 

प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गर्दैछन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप