अस्ट्रेलियाको क्विन्सल्याण्डमा प्रवासी नेपालीहरूको नयाँ समिति
ब्रिस्बेन/अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा आइतवार सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्यसमितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल रहेका छन् । त्यसैगरी, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।
राज्यसमितिका सदस्यहरूमा मोहन पन्त, वसन्त बानिया, हेमन्त न्यौपाने, विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, सन्तोष पौडेल, सन्तोष ढकाल, सुसान्त सापकोटा, मनिष श्रेष्ठ र संयोग दाहाल ५न् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रवास समन्वय समितिकी सुनिता रेग्मी, राज्यसमितिका पूर्व अध्यक्ष राजु ढकाल, त्यसैगरी नवनिर्वाचित राज्य समितिका सल्लाहकार कृष्ण पौडेल, प्रमोद दवाडी र प्रकाश राई र ओभरसिज नेपाली फोरमका विवेक अर्याल र रमेश पाण्डेले शुभकामना तथा बधाइ मन्तव्य दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण