अस्ट्रेलियाको क्विन्सल्याण्डमा प्रवासी नेपालीहरूको नयाँ समिति
अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ ।
प्रवासी नेपालीको उक्त राज्य समितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल रहेका छन् । त्यसैगरी, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।
राज्य समितिका सदस्यहरूमा मोहन पन्त, वसन्त बाँनिया, हेमन्त न्यौपाने, विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, सन्तोष पौडेल, सन्तोष ढकाल, सुशान्त सापकोटा, मनिष श्रेष्ठ र संयोग दाहाल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रवास समन्वय समितिकी सुनिता रेग्मी, राज्य समितिका पूर्व अध्यक्ष राजु ढकाल, त्यसैगरी नवनिर्वाचित राज्य समितिका सल्लाहकार कृष्ण पौडेल, प्रमोद दवाडी र प्रकाश राई र ओभरसिज नेपाली फोरमका विवेक अर्याल र रमेश पाण्डेले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण