शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अझै सुरु भएन फिल्म  ‘सत्यम्’ को छायाँकन

शुक्रबार, २३ पुस २०७८, ११ : १९
शुक्रबार, २३ पुस २०७८

अभिनेता राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरी लगायतको मुख्य भूमिका रहने फिल्म हो ‘सत्यम्’ । फिल्म निर्माण घोषणा भएको करिब एकवर्ष बढी समय भएको छ । तर अहिलेसम्म पनि छायाँकन सुरु हुन सकेको छैन ।
अब भने फिल्मको छायाङ्कन सुरु हुने भएको छ । अर्काे साता एक कार्यक्रम गर्दै फिल्मको छायाँकन मिति र टिम सार्वजनिक गर्ने निर्देशक शंकर कार्कीले बताए ।

‘आन्तरिक तयारी र विभिन्न कारणले हामी फिल्मको छायाङ्कनका निर्धारित समयभन्दा धेरै ढिलो भएका छौ’ निर्देशक कार्कीले भने, ‘बल्ल तयारी सकिएको छ । छिट्टै छायाङ्कनमा निस्कन्छौ ।’   रेशम सापकोटा निर्माता रहेको फिल्म ७ करोडको बजेटमा निर्माण गर्न लागिएको हो । फिल्ममा अनुपविक्रम शाही र अभय बराल, मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्सप्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको छायाङ्कनका लागि पोखरामा भब्य सेट समेत बनाइएको छ । फिल्म मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायाङकन हुने निर्माण युनिटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप