मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

आइतबार, २५ पुस २०७८, ११ : ०५
आइतबार, २५ पुस २०७८

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । 

निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँसहित २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप