मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश लोकसेवा आयोगले खोल्यो विज्ञापन (सूचनासहित)

मङ्गलबार, २७ पुस २०७८, १५ : ३३
मङ्गलबार, २७ पुस २०७८

कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोग, प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिए । जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको तर सङ्घीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल अवस्थामा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको उनले बताए । 

आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फाराम पठाउन सूचना गरिए पनि प्रदेश कार्यालयले समयमै रिक्त दरबन्दीको विवरण नआएको उनको भनाइ थियो । 

उनका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकनमार्फत विज्ञापन गरिएको छ । केही पद स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना मान्छे करार/अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन । 

“ज्येष्ठ, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,” सचिव थापाले भने, “प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानुनमा व्यवस्था नभएको र कुनै ऐन कानुनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं ।”  

कानुनी जटिलता र पदपूर्तिमा देखिएका थुपै्र चुनौतीका बीचमा निकै मेहनतका साथ पहिलो पटक कर्णालमिा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उहाँको भनाइ थियो । आयोगबाट सिफारिस भएर पदास्थपन हुने कर्मचारीको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानुन बमोजिम सेवा, सर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उनले बताए । 

प्रदेश र स्थानीय तहमा नियक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित् नभएको यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय लोक सेवामा पनि पाठ्यक्रम नबनेकोले अब सबै तहमा नयाँ पाठ्यक्रम बनाउनुपर्ने देखिन्छ ।  

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्रकाशित विज्ञापन अनुसार अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ छ जनाका लागि विज्ञापन गरिएको छ ।
 प्राविधिकतर्फ सव–इञ्जिनीयर खुला ३७, महिला १२ आदिवासी जनजातितर्फ दुई जनाको विज्ञापन गरिएको छ । 

त्यस्तै, कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट स्टाफ नर्सmलगायतका विभिन्न सेवा समूहका पाँचौं तहको ठूलो सङ्ख्यामा विज्ञापन खोलिएको छ । आयोगको वार्षिक कार्यतालिका अनुसार पाँचौं भन्दा माथिल्लो तहमा बढुवा हुने वा खुला प्रतिस्पर्धा के हुने भन्ने स्पष्ट भएपछि मात्र विज्ञापन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप