शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड (फोटोफिचर)

बुधबार, २८ पुस २०७८, २२ : १२
बुधबार, २८ पुस २०७८

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ । राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।  

सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् । 

बुधबार रातोपाटीकर्मी टेकु पुग्दा खोप लगाउनेहरुको लाइन देखिन्थ्यो ।  ३ फरक किसिमको खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुमा पुगेका थिए । आइतबार बिहानैदेखि मानिसहरू खोप लगाउन आइरहेको अस्पतालले जनाएको छ । आइतबार करिब १२००, सोमबार २०००, मंगलबार २५०० र आज करिब ३००० जनाले खोप लगाएको अस्पताल स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप