दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, ३० पुस २०७८, १० : ३२
दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।
प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा