शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

शुक्रबार, ३० पुस २०७८, १६ : ४७
शुक्रबार, ३० पुस २०७८

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।  नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । 

उपाध्यक्षमा दयाराम सिंखडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याएकी थिइन् । सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप