लिपुलेक प्रकरणमा भारतलाई विरोध पत्र पठाउने तयारी
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति विरोध गरेका छन् । यसअघि यो प्रकरणमा मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि आपत्तिजनक भएको बताएका हुन् । विज्ञप्ति जारी गर्नुअघि उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने विज्ञप्ति सही भएको बताएपछि आज सार्वजनिक गरिएको हो ।
उनीहरुले विज्ञप्ति ड्राफ्ट भने दुई दिनअघि नै गरेका थिए । तर कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा देउवा परेपछि देउवासँग भेट पाएका थिएनन् । आज बिहान देउवालाई भेटेपछि उनीहरूले विज्ञप्ति सार्वजनिक गरेको एक नेताले बताए । देउवाले परराष्ट्रमन्त्री नारायण खड्कालाई यस प्रकरणमा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका छन् भने देउवाकै सहमतिमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीसमेतलाई सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न महामन्त्रीद्वयले निर्देशन दिएका छन् । सरकारले लिपुलेकबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी थालेको बताइएको छ । यसअघि यो प्रकरणमा काँग्रेस र सरकार नबोलेको भन्दै आलोचना हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
