शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

शुक्रबार, ३० पुस २०७८, २१ : ३४
शुक्रबार, ३० पुस २०७८

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र  माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिहरुलाई बुस्टर डोज खोप दिइनेछ । 

कोभिड १९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पुरा भैसकेका नागरिकहरुले बुस्टर डोज खोप लगाउन पाउने समेत महाशाखाले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप