शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरलाई राजधानी बनाउन होटल व्यवसायीको ‘अफर’

प्रदेशसभा सदस्यलाई बस्न २५ र खानामा १० प्रतिशत छुट
सोमबार, ०३ माघ २०७८, १४ : ४४
सोमबार, ०३ माघ २०७८

जनकपुर । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा करिब डेढ दर्जन होटल व्यवसायीले प्रदेशसभा सदस्यहरुलाई गाँस र बासमा छुट दिने निर्णय गरेका छन् । प्रदेश राजधानी जनकपुर बनाउन ‘लबिङ’ गर्दै होटल व्यवसायीले प्रदेशसभा सदस्यलाई यस्तो ‘अफर’ गरेका हुन् ।

प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा प्रदेशसभामा छलफल भइरहँदा प्रदेशसभा सदस्यहरुले जनकपुरधाममा खान र बस्न महँगो रहेको टिप्पणी गरेका थिए । सांसदहरुको त्यस्तो टिप्पणीपछि सोमबार होटल व्यवसायीले उनीहरुलाई छुट दिने निर्णय गरेका हुन् ।

प्रदेशसभा सदस्यहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका सम्बन्धमा केही दिनदेखि जारी छलफलमा जनकपुरधाममा खाना र बस्न महँगो भएको भनेपछि होटल व्यवसायीहरुले यस्तो छुटको व्यवस्था गरेको होटेल एशोसिएसन नेपाल प्रदेश २ का अध्यक्ष विजय झुनझुनवालाले जानकारी दिए ।

प्रदेशसभा सदस्यहरुलाई लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट उपलब्ध गराउने जनकपुरधाम उद्योग वाणिज्य संघ, होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले सर्वसम्मत निर्णय गरेको होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले बताए ।

होटल सीताशरण, बेलकम, मानकी, सिटी पार्क, राजदरबार, रामजानकी, अन्नपूर्णा, सीता प्यालेश, वृन्दाव, शुभम् राजघराना, आनन्द, सिटी स्टार, रामा तथा परफेक्ट होटलले प्रदेशसभा सदस्यहरुलाई खाना र बस्नका लागि छुटको व्यवस्था गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप