शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतको घरमा तोडफोड गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

मङ्गलबार, ०४ माघ २०७८, २२ : ०४
मङ्गलबार, ०४ माघ २०७८

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगामुढा गरेको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । मंगलबार वीरगञ्जस्थित मुख्यमन्त्री राउतको गृह निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षका सुमन पटेल रहेको जनाइएको छ । पर्सा प्रहरीका अनुसार उनी नेपाली काँग्रेसका कार्यकर्ता हुन् । 

आरोपित पटेलमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा मुद्दामा कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुरधाम पारित गरेपछि वीरगञ्जमा आक्रोशित समूह तोडफोडमा उत्रेका छन् । स्थानीयले वीरगञ्ज राजधानी हुनुपर्ने माग गर्दै एक साता अघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप