नवलपरासीमा बम बिस्फोटः माओवादीका ६ कार्यकर्ता घाइते, ३ को अवस्था गम्भीर
परासी–नवलपरासीको सुनवल नगरपालिकामा बम पड्किदा माओबादी केन्द्रका ६ जना कार्यकर्ता घाईते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
सुनवल नपाको वडा नंं ३ किर्तिपुर हाईवे स्थित एक पुलमा दिउँसो १ बजे बम पड्किदा माओवादीका कार्यकर्ताहरु घाईते भएका हुन् ।
भुमहीबाट हजारांैको संख्यामा निकालिएको माओबादी केन्द्रको चुनावी र्याली पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलको किर्तिपुर हाईवे स्थित सोमनाथ पुलमा आईपुग्दा बम पडकेको ईलाका प्रहरी कार्यालयल सुनवलले जनाएको छ ।
बम पडकेर घाइते भएका मध्ये ३ जना गम्भीर छन जसलाई बुटवल स्थित लुम्बिनी अन्चल अस्पतालमा उपचारको लागि लगिएको छ भने अरु ३ जना घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सुनवलको मुख्य बजारदेखि एक किलोमिटर पुर्व सोमनाथ खोलाको पुलामा बम राखिएको थियो । बम राखिएको स्थल सुनवल प्रहरी चौकीबाट २ सय मिटर पुर्व पर्दछ ।
पुलको ५० मिटर नजिकै पिके आयल सप्लायर्स पनि छ । अज्ञात समुहद्धारा राखिएको बम कतिबेला राखिएको र कस्ले राखेको प्रहरी समेत खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैबीच आज जिल्लाको बर्दघाट नगरपालिकामा पनि २ वटा सुतरी बम फेला परेको थियो । फेला परेको बमलाई आज विहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । केहि दिन अगाडी बर्दघाट र पाल्हीनन्दनमा पनि बम फेला परेका थिए । यसरी जिल्लामा बम फेला पर्दै गएपछि प्रहरीलाई थप चुनौतीको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण