आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बम बिस्फोटः माओवादीका ६ कार्यकर्ता घाइते, ३ को अवस्था गम्भीर

आइतबार, ११ असार २०७४, १५ : ४८
आइतबार, ११ असार २०७४

परासी–नवलपरासीको सुनवल नगरपालिकामा बम पड्किदा माओबादी केन्द्रका ६ जना कार्यकर्ता घाईते भएका  छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । 
सुनवल नपाको वडा नंं ३ किर्तिपुर हाईवे स्थित एक पुलमा दिउँसो १ बजे बम पड्किदा माओवादीका कार्यकर्ताहरु घाईते भएका हुन् ।


 भुमहीबाट हजारांैको संख्यामा निकालिएको माओबादी केन्द्रको चुनावी र्याली पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलको किर्तिपुर हाईवे स्थित सोमनाथ पुलमा आईपुग्दा बम पडकेको ईलाका प्रहरी कार्यालयल सुनवलले जनाएको छ । 


बम पडकेर घाइते भएका मध्ये ३ जना गम्भीर छन जसलाई बुटवल स्थित लुम्बिनी अन्चल अस्पतालमा उपचारको लागि लगिएको छ भने अरु ३ जना घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


सुनवलको मुख्य बजारदेखि एक किलोमिटर पुर्व सोमनाथ खोलाको पुलामा बम राखिएको थियो । बम राखिएको स्थल सुनवल प्रहरी चौकीबाट २ सय मिटर पुर्व पर्दछ । 


पुलको ५० मिटर नजिकै पिके आयल सप्लायर्स पनि छ । अज्ञात समुहद्धारा राखिएको बम कतिबेला राखिएको र कस्ले राखेको प्रहरी समेत खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


त्यसैबीच आज जिल्लाको बर्दघाट नगरपालिकामा पनि २ वटा सुतरी बम फेला परेको थियो । फेला परेको बमलाई आज विहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । केहि दिन अगाडी बर्दघाट र पाल्हीनन्दनमा पनि बम फेला परेका थिए । यसरी जिल्लामा बम फेला पर्दै गएपछि प्रहरीलाई थप चुनौतीको विषय बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप