यूएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल सहित ३ लाख रुपैयाँ जरिवाना हुने
यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात्(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।
दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना 'वर्क परमिट' काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो। यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्छ ।
यूएईमा भिजिट भिसामा प्रवेश गरेर काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनु पर्नेछ। निजी क्षेत्रका लागि वर्क अनुमति मानव संसाधन र एमिरेटाइजेसन (MOHRE) मन्त्रालयले जारी गर्ने बताइएको छ भने सार्वजनिक क्षेत्र सरकारी मानव संसाधनका लागि संघीय प्राधिकरण (FAHR) ले जिम्मेवारी लिएको उल्लेख गरिएको छ। यी प्रत्येक सरकारी विभागहरू इमिरेट्स स्थानीय सरकारद्वारा सञ्चालित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण