अर्थ–वार्ता

‘खुकुरी रमको बजार हिस्सा ९५ प्रतिशत छ’

मदिरा निर्यातमा सरकारले नगद प्रोत्साहन दिनुपर्छ : ​सुभास लामिछाने, महाप्रबन्धक, नेपाल डिष्टिलरी

person explore access_timeमाघ ६, २०७८ chat_bubble_outline0

पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही सातामात्रै कम्पनीले नेपाली बजारमा ‘स्पाइस्ड रम’ सार्वजनिक गरेको छ । यसले पनि खुकुरी रमको आक्रामक बजार विस्तारतर्फ नेपाल डिस्टिलरी लागेको देखिन्छ । कम्पनीको पछिल्लो गतिविधि र भावी रणनीतिबारे रातोपाटीले महाप्रबन्धक सुभास लामिछानेसँग गरेको कुराकानीको अंश :


तपाईंहरूले विगत २० वर्षदेखि अस्तित्वमा रहेको रमको प्याकेजिङ परिवर्तन गर्नुभयो । यसको मूख्य लक्ष्य के हो ?



ब्राण्डको परिचयलाई समयसापेक्ष बनाउनुपर्छ भनेर प्याकेजिङ परिवर्तन गरेका हौं । २० वर्षदेखि प्रचलनमा रहेको प्याकेजिङलाई यसअघि खासै परिवर्तन गरेका थिएनौं । त्यसैले, समयसापेक्ष बनाउने एउटा उद्देश्य हो ।



उपभोक्तालाई ध्यानमा राखेर नै यसको प्याकेजिङ परिवर्तन गरिएको हो । उपभोक्ताहरूले यतिबेलासम्म स्वाद र गुणस्तरकै आधारमा खुकुरी रम मन पराउनुभएको हो । उहाँहरूलाई स्वाद र गुणस्तरसहित आकर्षक प्याकेजिङमा खुकुरी रम दिएका छौं । हामीले आफ्नो दायित्वअनुसार नै प्याकेजिङ परिवर्तन गरेका हौं । यी दुई  कारणले नै रमको नयाँ प्याकेजिङ बजारमा ल्याइएको हो ।

प्याकेजिङ परिवर्तनपछि रमले बजारबाट कस्तो प्रतिक्रिया पायो ? यो निर्णयपछि बजारमा रमको माग र लोकप्रियतामा कुनै अन्तर आयो ?

प्याकेजिङ परिवर्तनपछि खुकुरी रमको माग बढेको छ । यो निर्णयपछि पहिले नियमित रूपमा रम प्रयोग नगर्नेहरूले पनि अहिले प्रयोग गर्न थालेको हाम्रो बजार अध्ययनले निष्कर्ष निकालेको छ । यो एउटा सकारात्मक परिवर्तन हो । हामीले नयाँ प्याकेजिङ ल्याएपछि बजारमा एक प्रकारको हलचल आएको छ । फलस्वरूपः माग उकालो लागेको छ ।

हामीले स्पाइस्ड रमलाई नेपाली बजारमा ल्याउनुअघि भैरहवा र बुटवल लगायत स्थानमा परीक्षण पनि गर्‍यौं । विदेशी मुलुकमा मन पर्यो भन्दैमा स्वेदशी प्रयोगकर्ताले पनि मन पराउँछन् भन्ने छैन । त्यसैले, दुई वर्षअघि हामीले ट्रायल गरेका थियौं । त्यस क्रममा हामीले प्रयोगकर्ताबाट एकदमै राम्रो ‘रेस्पोन्स’ पायौं ।

खुकुरी रमले स्पाइस्ड रम पनि बजारमा ल्याएको छ । कम्पनी  एकपछि अर्को आक्रामक मूभमा देखिँदैछ, यसको कारण के हो ?

स्पाइस्ड रम पहिले पनि उत्पादन हुने गरेको थियो । तर, उत्पादित सबै स्पाइस्ड रम विदेशमा निर्यात हुन्थ्यो । नेपाली बजारमा चाँही यो रम त्यत्ति पठाउँदैनथ्यौं । हामीले स्थानीय बजारमा स्पाइस्ड रम नपठाउँदा पनि सेवाग्राहीले घरमै बनाएर खान्थे । उनीहरूले आफैँ विभिन्न प्रकारका मसला थपेर प्रयोग गर्दै आएका थिए र छन् । प्रयोगकर्ताले एकपटक स्पाइस्ड बनाउने र त्यसलाई जाडोयाम भर खुकुरी रमसँग मिसाएर प्रयोग गर्दै आएका धेरै उदाहरण हामीसँग छ । अहिले पनि पाँचतारे होटल र ठूला रेस्टूराँहरूमा आफैँले बनाएको स्पाइस्ड रम सर्भ गर्छन् । तर, हामीले उनीहरूलाई स्पाइस्ड रम उपलब्ध गराएकै हुँदैनथ्यौं । हामीले यस्तो गतिविधि नियालिरहेका थियौं र हामीसँग उक्त वस्तु पनि थियो । जुन, अन्तर्राष्ट्रिय बजारमा मात्रै निर्यात हुन्थ्यो ।

अहिलेसम्म जापान, कोरिया र यूरोपका केही देशमा निर्यात हुँदै आएको छ । अन्य मुलुकमा पनि फाट्टफुट्ट जाने गरेको छ । त्यहाँको जनसंख्यालाई समेत समेट्नेगरी योजना बनाउने तयारीमा छौं । त्यो भन्दा पहिले माग धान्नै सकेका छैनौं । खुकुरी रमको उत्पादन क्षमता निश्चित छ । अहिले स्वदेशी र विदेशी बजारको माग धान्नै सकेका छैनौं । पहिलो यो माग धानेपछि बल्ल बजार बढाउनेतर्फ सोच्छौँ ।

स्पाइस्ड रमको खास विशेषता के हो ? ट्रिपल एक्स रमभन्दा के फरक छ ?

हामीले स्पाइस्ड रमलाई नेपाली बजारमा ल्याउनुअघि भैरहवा र बुटवल लगायत स्थानमा परीक्षण पनि गर्‍यौं । विदेशी मुलुकमा मन पर्यो भन्दैमा स्वेदशी प्रयोगकर्ताले पनि मन पराउँछन् भन्ने छैन । त्यसैले, दुई वर्षअघि हामीले ट्रायल गरेका थियौं । त्यस क्रममा हामीले प्रयोगकर्ताबाट एकदमै राम्रो ‘रेस्पोन्स’ पायौं । स्पाइस्ड रम पनि पहिला अर्कैै प्याकेजिङमा उत्पादन हुन्थ्यो । ट्रिपल एक्स रमको प्याकेजिङ परिवर्तन गरेपछि स्पाइस्डको पनि ग¥यौंं ।

ट्रिपल एक्सभन्दा स्पाइस्ड रम प्रिमियम हुने भएकाले मूल्य पनि बढी हुन्छ । किनकी, बनाउन पनि ट्रिपल एक्स रमभन्दा खर्चालु र बढी कच्चा पदार्थको प्रयोग हुने भएकाले मूल्य बढी हुनु स्वभाविक हो । यस्तै, मेहनत पनि बढी नै लाग्छ । स्पाइस्ड रममा दालचिनी, ल्वाङ, सकुमेललगायत मसला मिसाइन्छ ।

तपाईंहरूले प्याकेजिङ परिवर्तनलगत्तै नयाँ स्पाइस्ड रम पनि बजारमा ल्याउनुभयो । थप नयाँ उत्पादन पनि ल्याउने योजना छ ?

रम धेरै प्रकारका हुन्छन् । अहिलेसम्म हामीले नेपाली बजारमा जम्मा एक प्रकारको रम र विश्व बजारमा दुई प्रकारका रम उपलब्ध गराउँदै आएका थियौं । तर, मार्केट लिडरको हैसियतले रमको सम्पूर्ण पोर्टफोलिया पूरा गर्नुपर्ने दायित्व हाम्रै हुन्छ । त्यसैले अहिले ट्रिपल एक्ससँगै स्पाइस्ड रम पनि बजारमा ल्याएका हौं । रमको पोर्टफोलियो डार्क रम, गोल्डेन र ह्वाइट रम पनि हुन्छ । यी सबै प्रकारका रमको उत्पादनतर्फ क्रमशः अघि बढ्दैछौं । अबको केही वर्षभित्र रमका सबै पोर्टफोलियो पूरा गर्छौं । 

पहिलेदेखि नै जाडोयाममा रमको खपत बढी हुने गरेको छ । जाडो भयो भने रम खाने भन्ने ‘ट्रेण्ड’ नै छ । रमले ज्यान तताउँछ । त्यसैले चिसो लागेपछि पनि मदिरा पारखीले रमलाई नै रोज्छन् ।

नेपालभित्र अस्तित्वमा रहेका पेय पदार्थको तुलनामा रमको लाकेप्रियता बढी देखिन्छ । रम सेवाग्राहीको पहिलो रोजाइमा पर्नुमा के कारण छ ?

नेपालमा खुकुरी रमले सेवा दिन थालेको नै ६२ वर्ष भयो । तर, पुरानो हुनुमात्रै सफलताको राज भने होइन । कयौं पुराना ब्राण्ड पनि हराएको प्रशस्त उदाहरण छन् । ६२ वर्षे इतिहासमा रमको स्वाद परिवर्तन नगर्नु नै प्रयोगकर्ताको पहिलो रोजाइमा पर्ने मूख्य कारण हो जस्तो लाग्छ । साथै, हामीले गुणस्तरीय उत्पादनमा समेत सम्झौता गरेका छैनौं ।

६२ वर्ष पहिले रम बनाउने जस्तो प्रक्रिया थियो, अहिले पनि त्यस्तै छ । समयसँगै प्लान्ट र मेसिनहरू पनि परिवर्तन भइसक्यो । तर, यसको स्वाद बनाउन गरिने प्रक्रिया अटोमेशनमा गएको छैन । अहिले पनि यसको स्वाद मानविय संशाधनले नै बनाउँछ । सबैको रोजाइमा पर्नुको कारण यसको स्वाद परिवर्तन नहुनु नै हो । यसका साथै, गुणस्तरलाई ६२ वर्षसम्म निरन्तरता दिनु पनि मूख्य कारण हो ।

रमको प्रयोग जाडोयाममा बढी हुन्छ । अन्य समयमा रमको प्रयोग अलि कम देखिन्छ, किन होला ?

पहिलेदेखि नै जाडोयाममा रमको खपत बढी हुने गरेको छ । जाडो भयो भने रम खाने भन्ने ‘ट्रेण्ड’ नै छ । रमले ज्यान तताउँछ । त्यसैले चिसो लागेपछि पनि मदिरा पारखीले रमलाई नै रोज्छन् । जसरी पनि जाडो र रम आपसमा जोडिन्छन् । अहिले प्रचलनमा रहेको रममै गर्मीयाममा प्रयोगकर्ताको ध्यान खिच्ने योजना छैन र यो सम्भव पनि छैन । यद्यपी, मैले माथि भनेजस्तै रमको पोर्टफोलिया पूरा गर्ने क्रममा जाडो महिना बाहेकका महिनामा प्रयोग गर्ने रम पनि बजारमा आउँछन् । 

अर्को ट्रेण्डको कुरा गर्दा अहिलेको युवापुस्ता पनि खुकुरी रमप्रति आकर्षित भएको देखिन्छ, कसरी लिनुभएको छ ?

रमको स्वादमा कुनै पनि परिवर्तन आएको छैन । स्थापनाकालमा खुकुरी रमको जस्तो स्वाद थियो, अहिले पनि त्यस्तै छ । यसबीच युवा लक्षित कार्यक्रमहरू गरिएको छ । अहिले युवापुस्ता पनि रमप्रति आकर्षित भइरहेका छन् । शहरी क्षेत्रमा यस्ता प्रयोगकर्ता अलि कम भएपनि ग्रामिण र चिसो भेगमा बढी छन् । विगत तीन चार वर्षमा युवा प्रयोगकर्ता अलि बढेका छन् । त्यसमा पनि यो वर्ष प्याक परिवर्तन गरेपछि थप बढेको पाइएको छ । 

सरकारले हरेक वर्ष बढाउने अन्तःशुल्क नै मदिरा बजारको सबैभन्दा ठूलो समस्या हो । प्रत्येक वर्षको बजेटमार्फत मदिराको अन्तःशुल्क औषतमा १५ प्रतिशत हाराहारी बढाउने गरिएको छ ।

नेपाली र विदेशी बजारमा समेत लोकप्रिय रहेको खुकुरी रमलाई थप लोकप्रिय बनाउन आगामी रणनीति र कार्ययोजना के छ ?

खुकुरी रम बजार विस्तार गर्ने भन्दा पनि माग धान्न नै केन्द्रित छ । हालको उद्योगबाट भइरहेको उत्पादनले बजारको माग धान्न सकेकै छैन । त्यसका लागि हामीले क्षमतावृद्धि गर्नुपर्छ । स्वदेशी र विदेशी बजारको माग पूर्णरूपमा धान्नलाई नै हामीलाई मुस्किल भइरहेको छ । पहिला यो माग पूरा गरेपछि बल्ल बजार बढाउनेतर्फ सोच्ने हो । हामीले प्रत्येक वर्ष विस्तारै क्षमता बढाइरहेका छौं । आगामी दुई÷तीन वर्षमा विदेशी माग पूरा गर्नेगरी उत्पादन बढाउँछौं । अहिलेदेखि नै काम थालिसकेका छौं । हाल खुकुरी रमले नेपाली रम बजारको ९५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्दै आएको छ ।

नेपालको मदिरा बजारका मुख्य चुनौति के–के हुन् ? सरकारले के गर्यो भने ती समस्या समाधान हुनसक्छन् ? 

सरकारले हरेक वर्ष बढाउने अन्तःशुल्क नै मदिरा बजारको सबैभन्दा ठूलो समस्या हो । प्रत्येक वर्षको बजेटमार्फत मदिराको अन्तःशुल्क औषतमा १५ प्रतिशत हाराहारी बढाउने गरिएको छ । सरकारको यो कदमले मदिराको मूल्य ह्वात्तै माथि जान्छ र प्रयोगकर्ता खुम्चिन्छन् । यस कदमबाट मदिरा प्रयोगकर्ता सिफ्ट हुँदै जान्छन् र एउटा बिन्दुमा पुगेपछि घरेलु मदिरातर्फ आकर्षित हुन्छन् । जसले सरकारको राजस्वसँगै मदिराको खपत पनि घट्छ । नेपालमा घरेलु मदिराको बजार ५०/६० प्रतिशत छ । त्यसैले सरकारले प्रत्येक वर्ष अन्तःशुल्क वृद्धि गर्ने काम रोक्नुपर्छ । 

यस्तै, नेपालबाट मदिरा विदेशतर्फ पनि निर्यात हुन्छ । सरकारले अन्य वस्तुको निर्यातमा नगद प्रोत्साहन (नगद प्रोत्साहन) दिन्छ । तर, मदिरामा यो व्यवस्था छैन । मदिराको निर्यात गर्दा पनि सरकारले नगद प्रोत्साहन दिए यो व्यवसाय बढ्थ्यो । अन्य वस्तु निर्यात गर्नु र मदिरा निर्यात गर्नुमा केही फरक पनि छैन । जे–जस्ता वस्तु निर्यात गरेपनि राज्यले विदेशी मुद्रा भित्र्याउने हो । विश्वका कुनै पनि कानूनले मदिराको निर्यात प्रोत्साहन गर्न बन्देज लगाएको पनि छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।