
कागजमै सीमित 'स्मार्ट लकडाउन', स्वास्थ्य मापदण्ड उल्लंघन कायमै (तस्बिरहरू)

कोरोनाभाइरसको सङ्क्रमणले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बुधबारमात्र ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा रहेका छन् । अहिले परीक्षण गरेका मध्ये आधाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइरहेको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमण उच्च दरमा बढिरहँदा मानिसको जनजीवाका प्रभावित नहोस् भनेर सरकारले बन्दाबन्दीजस्तो कडा उपाय अवलम्बन गरेको छैन । यसको साटो सरकारले स्वास्थ्य मापदण्डका नियमहरूमा कडाइ गर्दै स्मार्ट लकडाउन लागू गरेको छ । सङ्क्रमणको बढ्दै गर्दा मानिसहरू पहिलेभन्दा सचेत देखिए पनि अझै स्वास्थ्य मापदण्डका बेवास्ता गर्नेहरू प्रशस्तै भेटिन्छन् ।
स्थानीय प्रशासनले यतिबेला सार्वजनिक स्थानमा भिडभाड नगर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै सामाजिक दुरी अपनाउन नियमहरू लागू गरेको छ । तर अझै पनि मुखको साटो मास्क चिउँडोमा र हातमा बोक्ने परिपाटी अन्त्य भएको छैन । सरकारी कार्यालय, विमानस्थललगायत स्थानमा अझै भिडभाड उस्तै छ ।
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ