हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ
शुक्रबार, ०७ माघ २०७८, १० : ०१
मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।
कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
-
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर
-
चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने
-
जीतपुर सिमरामा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा २२ करोड बचत
-
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
-
राष्ट्रिय महिला मादल प्रतियोगितामा सल्यानकी सुशीला प्रथम