लता मंगेशकरबारे अस्पतालले जारी गर्यो नयाँ जानकारी
भारतकी चर्चित गायिका लता मंगेशकरको अवस्थामा सुधार भएको तरपनि उनी अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै भर्ना हुने अस्पतालले जानकारी दिएको छ ।
हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।
लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै ब्रीच क्यान्डी अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘उनको स्वास्थ्यमा सुधार छ । उनी आइसीयूमा छिन् । उनी कति दिनसम्म अस्पतालमा भर्ना हुनेछिन् भनेर जानकारी दिन मुश्किल छ ।’
लता मंगेशकरको परिवारसँग नजिक अनुषा श्रीनिवासन अय्यरले गायिकाको स्वास्थ्यमा सुधार भएको बताएकी छिन् ।
उनले एक बयान जारी गरेर भनिन्, ‘लता दिदी पहिलाको तुलनामा अब निकै राम्रो भएकी छिन् र डाक्टर प्रतित सामदानीको नेतृत्व भएको डाक्टरको शानदार टीमको निगरानीमा आइसीयूमा उनको उपचार चलिरहेको छ । उनी छिटो निको भएर छिट्टै घर फर्किउन् भन्ने हामी कामना गर्छौँ ।’
शुक्रबार सोसल मिडियााम लता मंगेशकरको स्वास्थ्य स्थिति बिग्रियो भन्ने अफवाह चलेको थियो ।
यी अफवाहलाई खारेज गर्दै अय्यरले भनिन्, ‘तपाईंसँग निवेदन गर्छु कि यस्तो प्रकारको गलत खबरलाई प्रश्रय नदिनुहोस् । परिवार र डाक्टरलाई आफ्नो काम गर्न दिनुहोस् । लता दिदी छिट्टै निको भएर घर फर्किउन् भन्ने कामना गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

