शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड

आइतबार, ०९ माघ २०७८, ०८ : २०
आइतबार, ०९ माघ २०७८

रोमाञ्चक खेलमा होफेनहेइमलाई ३(२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । 

शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए । 

पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र जर्जिन्होले १(१ गोल गरे । 

जितपछि डर्टमुण्ड २० खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा  छ। शीर्ष  स्थानको म्युनिखको १९ खेलबाट ४६ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप