शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एसिया लघुवित्तको नाफा १२२ प्रतिशतले वृद्धि

आइतबार, ०९ माघ २०७८, ११ : ३८
आइतबार, ०९ माघ २०७८

एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

 अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले जम्मा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यस्तै समीक्षा अवधिमा कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ । 

यता, खुद नाफामा उच्च सुधार भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ १८ पैसाले बढेर ४० रुपैयाँ ७७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४३ पैसा छ ।  बचत कोषमा पनि कम्पनीले आकर्षक सुधार गरेको छ । रिजर्भ कोष १७१.१६ प्रतिशतले बढेर १ अर्ब १९ करोड ५ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप