ad
x

नेपाली युवतीलाई रसियन बताउँदै भारतमा सेक्स र्‍याकेट

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन् ।


प्रहरीको अनुसन्धानमा गौरव यसभन्दा अघि कोलारमा रहेको हेभन फ्यामिली सैलुन स्किन केयर स्पा सेन्टरमा म्यानेजरका रुपमा काम गर्थे । त्यहाँपछि उनले भोपालमा स्पा खोलेर यौन व्यवसाय चलाउन सुरु गरेको प्रहरीको भनाइ छ ।



प्रहरीले स्पाबाट ६ युवतीका साथै ४ जना ग्राहकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवतीमध्ये एक जना नेपालको र दुईजना उत्तरपूर्वी भारतका थिए । बाँकी युवती भोपालकै रहेको बताइएको छ । युवतीहरूको उमेर २२ देखि ३२ वर्षको बीचमा रहेको प्रहरीले जानकारी दिएको छ । –दैनिक भास्कर













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।