शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको नाफा घट्यो

आइतबार, ०९ माघ २०७८, १३ : ३४
आइतबार, ०९ माघ २०७८

विकास बैंकहरू मध्येको शीर्ष स्थानमा रहन सफल मुक्तिनाथ विकास बैंकको नाफामा ब्रेक लागेको छ । बैंकको चालु आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्मको नाफा अघिल्लो वर्षको सोही अवधिको भन्दा २.१४ प्रतिशतले घटेको हो । 

बैंकले जारी गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार सो अवधिमा बैंकले कुल ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
नाफा घटेसँगै यता बैंकको वितरण योग्य नाफामा समेत संकुचन आएको छ । रिपोर्ट अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७.७२ प्रतिशतले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ । 
 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ०.५४ प्रतिशतले घटेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ । 

यता कर्जा असुलीमा निकै राम्रो गरेको बैंकले खराब कर्जा २.०४ प्रतिशतले घटाएर ०.२६ प्रतिशतमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप