शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

५० लाख ठगी मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर पक्राउ

आइतबार, ०९ माघ २०७८, २० : ४०
आइतबार, ०९ माघ २०७८

५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले विष्टलाई  कार्यालयबाट पक्राउ गरेर ल्याएको पुष्टि गरे । उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाउ पुर्‍याएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए ।

ठुलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले विष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरि आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ । लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौँमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान चलिरहेको छ । 

कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको थियो । कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौँमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका विरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप