बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

आइतबार, ०९ माघ २०७८, २१ : १८
आइतबार, ०९ माघ २०७८

नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । 

नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले सूचना जारी गर्दै आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप