
एनएमबी बैंकको नाफा ६.०४ प्रतिशतले बढ्यो

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा ६.०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको सञ्चालन नाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ