शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

मङ्गलबार, ११ माघ २०७८, १० : २६
मङ्गलबार, ११ माघ २०७८

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायांकन अगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।
फिल्मको छायांकन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक बिषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।
फिल्ममा जीतु र साम्राज्ञीको अलवा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाल लगायतको मुख्य भुमिकामा अभिनय रहनेछ । फिल्म छायांकनका लागि जीतु लगायत युनिट पर्वत पुगेपछि साम्राज्ञी भने केही दिनमा पुग्ने बताइन्छ ।
सधै ‘छक्का पन्जा’ टिमको फिल्ममा देखिँदै आएका जीतु यो टिमसँग सम्बन्ध चिसिएपछि बाहिरको फिल्म गर्न लागेका हुन् । फिल्ममा जीतु र साम्राज्ञी प्रेमीप्रेमीकाको भुमिकामा देखिने निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप