
रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।
पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए । शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ