
सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए । खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए । अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।
गए राति नै भएको खेलमा विजयी हुँदै मोराेक्को अन्तिम आठमा प्रवेश गरेकाे छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोराेक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेकाे हाे । मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोराेक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ