सीके राउतका कार्यकर्ताद्वारा जनप्रतिनिधि सवार गाडीमा तोडफोड
सीके राउतका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तोडफोड गरेका छन् । बुधबार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।
राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा चढेर जनकपुर गइरहेका थिए । सोही क्रममा जनकपुरधामस्थित राम चोकमा जनमत पार्टीका कार्यकर्ताले गाडीमा तोडफोड गरेका हुन् । नगर प्रमुख प्रसाईलाई चोट समेत लागेको जनाइएको छ ।
धनुषा प्रहरीले जनमत पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने प्रदर्शन तितरबितर तुल्याउन कयौँ राउण्ड अश्रुग्याँस प्रहार भएको छ । जनकपुरधाममा आज बिहानैदेखि मल खाद्य देऊ, मत लेऊ भन्दै किसानका नाममा सीके राउतका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा