देशभर ५६ लाख ४३ हजार घरधुरी, ६७ लाख ६१ हजार परिवार
बुधबार, १२ माघ २०७८, १२ : ३३
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ। उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ ।
२०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँदै विभागले प्रत्येक १०० वटा जनगणना घरमा औसतमा १२० परिवारहरू बसोबास गरिरहेको पाइएको जनाएको छ । २०६८ को जनगणनामा यस्तो घर र परिवारको अनुपात १ः१.१८ थियो । दश वर्षअघिको परिवार सङ्ख्या ५४ लाख २७ हजार ३०२ रहेका थिए । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ५३१ (२४.५७ प्रतिशत) परिवार थप भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा