फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने
फिल्म ‘सिन्धुलीगढि’ निर्माण हुने भएको छ । सास इन्टरटेनेमन्ट प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सास अधिकारी हुन् । मंगलबार फिल्मले चलचित्र विकास बोर्डबाट छायाङ्कन अनुमति प्राप्त गरेको छ । लामो समयको खोज र अनुसन्धानबाट बन्न लागेको फिल्म निर्देशन विश्वमणि घिमिरेले गर्न लागेका हुन् । फिल्मको लेखन समेत निर्देशक घिमिरेको रहेको छ ।
फिल्मका लागि अहिले धमाधम अडिसनमार्फत कलाकार छनौट भइरहेको निर्देशक घिमिरेले बताए । ‘फिल्मका मुख्यदेखि सबै कलाकार हामी अडिसनबाट छानिरहेका छौ’ निर्देशक घिमिरेले भने, ‘कलाकार छनौट सकिएपछि फ्लोरमा जाने छौ ।’
सिन्धुली, काभ्रे र काठमाडौंमा छायाङ्कन हुने फिल्ममा साउथका चर्चित एमिनेटर तथा निर्देशक एसएस राजामौलीको सहयोग रहने निर्देशक घिमिरेको भनाई रहेको छ । पोष्ट प्रोडक्सन मुम्बईमा हुने बताइएको फिल्म नेपालीको अलवा हिन्दी र अंग्रेजी भाषामा पनि डबिङ हुनेछ । फिल्म एक औपचारिक कार्यक्रम सहित छायाङ्कनका लागि फ्लोरमा जाने निर्देशक घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा