शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्युआर टेलर लागू, २ लाखसम्मको रकम भुक्तानीमा चेक नचाहिने

बुधबार, १२ माघ २०७८, १६ : ४७
बुधबार, १२ माघ २०७८

राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।  हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप