
जन्मदिनको अवसरमा एमाले जिल्ला अध्यक्षले गरे कार्यकर्ता संरक्षण कोषको स्थापना

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्षले आफ्नो जन्मदिनका अवसरमा नयाँ कार्यको सुरुवात गरेका छन् । एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जन्मदिनको अवसरमा एक कार्यक्रम गर्दै नगद ५१ हजार रुपैयाँ राखेर पार्टी कार्यकर्ता संरक्षण कोषको शुभारम्भ गरेका हुन् ।
उक्त कोषमा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । सो कोषमा एमाले भक्तपुरका नेता बिष्णु तामाङले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएका हुन् ।
उक्त कोषको रकम परिचालनको लागि कार्यविधि निर्माण गरि अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयोग गर्ने उद्देश्य हुने एमाले भक्तपुरका अध्यक्ष देउजाको भनाई छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ